जेठ -२७,२०७९
काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।
हिजो बिहीबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोल प्रति-लिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।
यस अघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रति-लिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
हिजो बिहीबारको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ।
खाना पकाउने ग्यासको मूल्य यथावत रहेको आयल निगमले जनाएको छ ।