जेठ-३०,२०७९
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आज बस्ने सचिवालय बैठकका एजेन्डा तय गरेको छ ।
हिजो बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले विभिन्न चार एजेन्डा तय गरेको हो ।
महा-सचिव, अध्यक्ष तथा उप-महासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले स्थानीय तह निर्वाचनको समीक्षालाई सचिवालय बैठकको मुख्य एजेन्डा बनाएको छ ।
यस्तै आगामी प्रदेश तथा प्रतिनिधि सभा चुनावको कार्ययोजना, पार्टीबाट निर्वाचित जन प्रतिनिधिका लागि प्रशिक्षण र विभाग गठन सहितका एजेन्डा तय गरिएका छ ।
बैठकले स्थायी कमिटी सदस्इ घनश्याम भुसाल माथिको कारबाही सिफारिस बारे भने कुनै एजेन्डा तय गरेको छैन ।
यस अघि एमालेको अनुशासन आयोगले भुसाल माथि कारबाहीको सिफारिस गरेको थियो ।
तर चुनाव हारेका बेला प्रभावशाली नेतालाई कारबाही गरिए स्थिति थप बिग्रने चेतावनी एमाले नेताहरुले दिदैँ आएका छन् ।