चुरामणी तिमिल्सिना
भाद्र-२,२०७९
रुरु क्षेत्र गाउँपालिका वलेटक्सार,गुल्मी।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत स्वास्थ्य कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७८/०७९को गाउँपालिका स्तरीय १ दिने वार्षिक समिक्षा गोष्ठी कार्यक्रम हिजो सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिना देवी गौतम,जिल्ला स्वास्थ कार्यालय गुल्मीका प्रमुख डा.पशुपति आचार्य ,जिल्ला अस्पताल गुल्मीका प्रमुख उत्तम पच्या,स्वास्थ साखा रुरु क्षेत्र गाउँपालिकाका प्रमुख छत्र् बहादुर अधिकारी ,सवै वडाका वडा अध्यक्षहरु लगायतको विशिष्ट आथित्यता रहेको थियो।
रुरु क्षेत्र गाउँपालिकाको सभाहल वलेटक्सारमा सम्पन्न समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभापती यदु ज्ञवालीले सो कार्यक्रमले गाउँपालिकावाट सञ्चालित हरेक कार्यक्रमहरु जनताको घर-दैलोमै पुग्नु पर्ने ,सेवा प्रवाहामा कमि गर्न नहुने, टोल तथा घर घरमा स्वास्थ सेवा पुर्याउने,उपलब्धीमुलक कार्यहरुहरुको डाटा तयार गरी दस्ताबेजका रुपमा राख्ने, खोप देखि बिमाका कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनु पर्नेमा जोड दिनु भयो।
यस्तै गाउँपालिका अध्यक्ष ज्ञवालीले कर्मचारी अभाव हुन नदिने वचन व्यक्त गर्दै हरेक स्वस्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्ने तथा पोस्टमार्टमका लागि तत्काल नै सम्वन्धित डाक्टरलाई तालिमको व्यवस्थापन गरिने उल्लेख गर्दै कार्यक्रम थप प्रभावकारी भएको धारणा राख्नु भयो।
यस्तै कार्यक्रममा भनाइ राख्दै प्रमुख प्रशासकीय अधिकृत मदु कृष्ण पौड्यालले हरेक सस्थाहरुले गरेका खर्च अनुसार नै कार्यप्रगती सन्तोषजनक भएको धारणा राख्नु भयो।
उहाँले,आयुर्वेद संस्थालाई जनताले बढी विश्वास गरी उपचार जाने गरेको प्रसङ्ग जोड्दै अन्य सस्थामा भन्दा आयुर्वेद बाट बढी सेवा लिएकोमा खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रममा स्वास्थ साखा प्रमुख अधिकारीले भोलीका दिनमा कार्यक्रमहरु चरण बद्द रुपमा सञ्चालन गर्न योजना निमार्ण गर्ने कार्य सम्पन्न भैसकेकाले महिला स्वास्थ स्वयम् सेविका,स्वास्थ चौकी र सरोकार वालासँग आवश्यक छलफल पनि अगाडी बढाउँदै जाने बताउनु भयो।
उहाँले हरेक घर धुरिमा स्वास्थ् संस्थाको टिम पुगेरै उपचारमा गर्दा सर्वसाधारणहरुलाई थप राहत मिल्नेमा जोड दिनु भयो।
कार्यक्रममा गाउँपालिकाका सवै वडाका स्वास्थ संस्थाहरुले गरेका कामको प्रगती प्रतिबेदन प्रस्तुत गरिएको थियो।
साथै प्रतिवेदन मार्फत गाउँपालिकाका अध्यक्ष ,ज्ञवाली, र स्वास्थ साखाका साथै अन्य सरोकारवालाहरुलाइ समस्या का विषयमा ध्यानाकर्षण गराईएको थियो।
कार्यक्रमको सहजीकरण अमृत ज्ञवालीले गर्नु भएको थियो।