धनतेरस पर्व
कात्तिक ५
कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन समुन्द्र मन्थनका क्रममा भगवान धनवन्तरी एउटा कलश लिएर प्रकट भएका थिए । त्यसैले हरेक वर्ष धनतेरस पर्व मनाउने गरिन्छ । भगवान् धनवन्तरी एउटा कलश लिएर उत्पन्न भएकाले यस दिन हरेक वर्ष भाँडा किन्ने परम्परा रहेको छ ।
शुभ मुहूर्तमा आजको दिन खरिद गरिएका सामानहरुलाई पूजा गर्ने गरिन्छ । यस बाट शुभ फल प्राप्त हुन्छ भन्ने बिस्वास छ । यस दिन केही विशेष चीज जस्तै, चाँदी, सुन, कुचो, भाँडा किन्ने परम्परा छ ।
धनतेरस पूजाको विधि
धनतेरसको पूजाका लागि प्रदोष काल सबैभन्दा उत्तम समय हो । यसै समयमा पनि सामानहरु खरिद गर्न सकिन्छ । प्रदोष कालमा घ्युको दियो जलाउने र कुबेरलाई सेतो मिठाई र धनवन्तरी भगवानलाई पहेँलो मिठाई चढाउनुपर्छ । त्यसपछि ‘ॐ ह्रीं कुबेराय नमः’ जप्ने र ‘धनवन्तरीस्तोत्र’ पाठ गर्ने । यसमा लक्ष्मी र गणेश भगवानको पूजा गर्ने गर्नुपर्छ । यसै दिन पञ्चोपचारको पूजा पनि गर्नुपर्छ । साथै, सामुन्ने माटोको दियो जलाउने र मिठाईको भोग लगाउने गरिन्छ ।