ठुलोलुम्पेक दुर्घटना अपडेट
मंसिर ७
सत्यवती गाउपालिका
गुल्मीको सत्यवती गा पा ३ ठुलोलुम्पेक कुडडाँडामा जिप दुर्घटनामा परि ४ जनाको मृत्युु भएको छ । ५ जना घाईते भएका छन ।
दुर्घटनामा गाडीधनी झलकमान सोमै, मिलन तरामु, रनबहादुर सिंजापती र टीका राहादीको घटनास्थलमै मृत्युु भएको हो ।
घाईते हुनेमा जमुना सोमै,तार्विङ्ग सोमै ,खण्डन सोमै,चेतमान सिंजापती र गीरीबहादुर राहदी रहेको वडा अध्यक्ष जितु तरामुको भनाई उल्लेख गर्दै पत्रकार कबिराज भुषालले जानकारी दिनु भयो ।
घाइतेको उपचारको लागि मिसन अस्पताल पाल्पा पठाईएको छ । हिजो उनिहरू रिडी गएका र राती फर्कने क्रममा राती करिब २ देखि ३ बजेको समयमा जिप दुर्घटनामा परेको बताएको छ। जिप सडक बाट करिब २५० मिटर तल खसेको छ । घटनाको प्रहरीले पुष्टि गरेको छैन । दुर्घटनाको कारण खुलेको छैन । थप बिवरण आउन बाँकी रहेको छ ।