जनस्तर बाटै लैंगिक हिंसा रोकथाममा पहल गर्नु पर्छ : अध्यक्ष टीकाराम पाण्डेय

गर्भ देखि बृद्ध सम्मै हिंसा छ

जनस्तर बाटै लैंगिक हिंसा रोकथाममा पहल गर्नु पर्छ : अध्यक्ष टीकाराम पाण्डेय
मंसिर १८
सत्यवती गाउँपालिका

सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेयले लैंगिक हिंसा विस्वब्यापी समस्या भएकोले जनस्तर बाटै यसको न्यूनीकरण र रोकथाममा पहल गर्नु पर्ने बताउनु भएको छ । लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान अन्र्तगत वडा नं ७ मा आयोजना गरिएको कार्क्रममा उहाँले यस्तो बताउनु भएको हो । यसका लागि गाउँपालिकाले निरन्तर प्रयास अगाडि बढाउँदै लैजाने प्रतिबद्धता जनाउनु भएको छ ।

गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले ‘म’ हिंसा गर्दिन, ‘म’ हिंसा सहदिन, ‘म’ हिंसा भएको ठाँउमा चुपलागेर बस्दिन, ‘म’ महिला र बालबालिकाकालाई दुर्व्यवहार गर्दिन भन्ने प्रतिबध्दता सबैले गर्नु पर्ने बताउनु भयो । उहाँले लैंगिक हिंसा विरुद्धको अभियानमा प्रयोग हुने सुन्तले र सेतो रङको इतिहास र महत्वका बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो । गर्भ देखि बृद्ध सम्मै हिंसा छ यसलाई सबै मिलेर मात्र कम गर्न सकिन्छ भन्नु भयो । लैंगिक हिंसा विरुद्ध लड्ने क्षमता वृद्धिको लागि सुभकामना समेत बेक्त गर्नु भयो ।

वडा नं ७ चिदीपानि मा वि मा गरिएको कार्यक्रममा विद्यालयका प्रअ दीपक तिवारीले स्वागत गर्नु भएको थियो।

वडा नं ६ मा पूर्व राज्यमन्त्री एबम् जोहाङ रञ्जित प्रसाद लालचन रुद्रावती मा विका व्यवस्थापन समिति अध्यक्ष सुवर्ण जोहारचनले सुभकामना ब्यक्त गर्दै यस्ता अभियान र कार्यक्रमले सचेतना वृद्धि गर्ने बताउँदै खुसी ब्यक्त गर्नु भयो।

विद्यार्थी हरुले घरेलु हिंसाका विषयमा अभिनय प्रस्तुत गरेका थिए। कार्यक्रमा निमित्त प्रधानाध्यापक कृष्ण थापाले स्वागत गर्नु भएको थियो।

महिला तथा बालबालिका शाखाका सुबास आचार्यले कार्यक्रमा सन्दर्भ सामग्री प्रस्तुत गर्नु भएको थियो।