सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा तिन नेता सहमत
पुष ८
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुट्दै छन् ।
नयाँ सरकार गठनका लागि प्याकेसमा सहमति खोज्न तिन बीच छलफल हुन लागेको हो ।
यसअघि, हिजो बिहीबार भएको तीन नेताको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका बताइएको छ । हिजो साँझ बालुवाटारमा भएको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राखेका हुन् ।
स्रोतका अनुसार नेताहरू सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने तीन नेताबीच सहमति भएको छ ।
“प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने भनेर जोडदार माग राख्नुभएको छ,” स्रोतले भन्यो ।