लैंगिक हिंसा निवारणका लागि असल अभ्यास र पुरूष सहभािता आवस्यक
थमन रास्कोटी
माघ १२
रूरूक्षेत्र गाउपलिका
लैंगिक हिंसा निवारणका लागि असल अभ्यास र पुरूष सहभािता आवस्यक रहेको सरोकारवालाहरूले बताएका छन । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , महिला तथा बालबालिका बिभाग काठमाडौले माघ ११ र १२ गते रूरूक्षेत्र गाउँपालिकामा गरेको , लैंगिक हिंसा नियन्त्रणमा पुरूष सहभागिता प्रवर्द्धनका लागि सहकार्य सम्बन्धि अभिमुखिकण कार्यक्रममा सहभागीले यस्तो बताएका हुन ।
कार्यक्रममा बिभागका निर्देशक निरा अधिकारीले अभियानलाई टोलटोलमा लैजानु पर्ने बताउदै दमपतिलाई नै सचेतना कार्यक्रममा सहभागी बनाउन सके प्रभाबकारी हुने बताउनु भयो । उहाले बिभागको यश कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
बिभागका अधिकृत गिरा कुमारी बस्नेतले कार्यक्रमको सहजिकरण गर्दै कतिपय संस्कार र परमपराले महिला पुरूषमा विभेद राखिरहेकोले लैंगिक हिंसा निवारणमा कठिनाई रहेको बताउनु भयो । यसलाई सचेतना बाटै हटाउनु पर्ने बताउनु भयो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले समाज परिवर्तनको लागि गलत संस्कार हटाउदै जानू पर्नेमा जोड दिनु भयो । गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले आफ्नै घर बाट आफ्नै छोरा छोरी बाट विभेद हटाउदै जानू पर्ने बताउनु भयो ।
प्रमुख प्रसासकिय अधिकृत मधुकृष्ण पौड्यालले गाउँपालिकाले लैंगिक हिंसा न्युनिकरणको लागि गरेका प्रयास र गाउँपालिको बर्तमा अवस्थाको बारेमा बताउनु भएको थियो ।
वडा नं।३ का अध्यक्ष शेषनारायण पौड्यालले चेतनाको बिकास बाट यस्ता कार्यक्रम सफल हुने बताउनु भयो । ईलाका प्रहरी कार्यालय रिडीका निमित्त प्रमुख हुम बहादुर भलामीले यश क्षेत्रमा भएका हिंसाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यपालिका सदस्य मिना कुमारी नेपाली र महिला समुहकी लक्ष्मी ज्ञवालीले सिकाई उपलब्धि भएको बताउनु भयो । बिभागकि कमला ढकाल र गाउपालिकाको तर्फबाट दामोदर ज्ञवालीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । बिभागले लुम्बिनी प्रदेशमा गर्ने २ वटा कार्यक्रम मध्ये दोस्रो कार्यक्रम रूरूक्षेत्र गाउपलिकामा गरेको हो ।