छुवाछुत जस्ता सामाजिक विभेद अन्त्यको लागी ऐन नियम आफैबाट कार्यान्वयन गर्नु पर्ने सरोकारवालाहरुले बताए ।
रुरुक्षेत्र गाउँपालिका
फागुन १३
छुवाछुत जस्ता सामाजिक विभेद अन्त्यको लागी ऐन नियम आफैबाट कार्यान्वयन गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन ।
हिजो सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले रुरुक्षेत्र गाउँपालिका गुल्मीको समन्यमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुदले यस्तो बताएका हुन ।
मन्त्रालयका महाशाखा प्रमुख सारदा बस्यालले नेपाली परम्परा र धर्मशास्त्रको आडमा छुवाछुतले जरा गाडेको बताउनु भयो । उहाले वर्तमान अवस्थामा प्राप्त अधिकारले छुवाछुतको अन्त्य गरेपनी व्यबहारमा कायमै रहेकाले आाफैबाट अन्त्य गर्न लागिपर्नु पर्ने बताउनु भयो ।
यस्तै गाउँपालीका अध्यक्ष यदु ज्ञवालीले छुवाछुत विभिन्न स्वरुपमा यथावत रहेकाले अधिकारको सहि प्रयोग गर्दै उत्पिडित भित्रको ब्राहमणबाद अन्त्य भएमात्र छुवाछुतको अन्त्य हुने बताउनु भयो । उहाले रुरुक्षेत्र गाउँपालीकामा बोटे ,माझी ,गन्धर्व र दलित समुदायको उल्यख्य बस्ती र जनसंख्या रहेकाले उनिहरुको सिप र क्षमताको विकास संरक्षणको लागी मत्रालयले ठोस कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष मिना देबि गौतमले घर भित्रै बाट छुवाछूत अन्त्यको सुरु गर्नु पर्ने बताउनु भयो ।
निमित्त प्रमुख प्रसासकिय अधिकृत छ्त्र बहादुर अधिकारिले छुवाछूत अन्त्य र दलितहरुको लागि गाउँपालिकाले प्रयास गरेका कार्यक्रमको बारेमा उल्यख्य प्रस्तुत गर्दै लक्षित वर्ग अन्तर्गत सचेतनाका लागि गाउँपालिकाले बिनियोजन गरेका कार्यक्रमको कार्यप्रगति प्रस्तुत गर्नु भयो ।
कार्यपालिका सदस्य दुर्गा बिकले गाउँपालिकाको बिगत र बर्तमान छुवाछूतको अबस्था र यसको न्यूनीकरणको लागि सुझाब सहितको कार्यपत्र प्रस्तुत गर्नु भयो ।
वडा न ३ का वडा अध्यक्ष एबम सामाजिक बिकास समितिला संयोजक शेषनारायण पौडेलले विगतको तुलनामा छुवाछूत कम हुँदै गएको बताउदै, अझैपनी यसको न्यूनीकरणको लागि कार्यलयहरु सामाजिक सङ्गसस्था लगायतमा कर्मचारी व्यबस्थापनबाट पनि गर्न सकिने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न समुदायको प्रतिनिधित्व गर्ने सरोकारवाला वडा सदस्य लगायतले आफ्ना विचार र अनुभव प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मन्त्रालयका लेखा अधिकृत धनिश्वर पोख्रेलले स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण कार्यलयका अधिकृत कृष्ण प्रसाद पौडेल र महिला विकास निरीक्षक कमला ज्ञवालीले गर्नु भएको थियो ।