सुरेश छन्त्यालर गलकोट
गलकोट नगरपालिका १० पाण्डबखानीमा वडा स्तरीय विभेद विरुद्धको अभियान सम्पन्न भएको छ।
हाम्रो संस्कृति हाम्रो पहिचान सम्पूर्ण जातीय विभेदको अन्त्यका लागि हाम्रो अभियान अन्तर्गत वडा स्तरीय विभेद विरुद्धको अभियान सम्पन्न भएको छ ।
गलकोट नगरपालिकाका प्रशासकीय अतिकृत तुलबहादुर वि।कले गलकोट नगरपालिका समृद्ध सुसंकृत र खुसि गलकोटबासी भन्ने अभियानमा रहेको बताउदै समाजमा विधमान कुरिति, कुसंस्कार, अन्धविश्वास र छुवाछूत जस्ता विभेदहरु रहेको र यस्ता विभेद हटाउनको लागि अभियान संचालन गरिएको वडा नम्बर १० वडाबासी सबैले सचेत भएर अगाडि बढ्न अनुरोध गर्दै नगरपालिका संधै साथमा रहने प्रद्धिवतर्दा गर्नु भयो। कार्यक्रममा कार्यपालिका सदस्य रामप्रसाद वि।क, भिमबहादुर वि।क, तुल्सी परिवार, शिक्षिका चन्द्रकुमारी श्रीस, पाण्डबखानी माद्यामिक विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष मानसिह छन्त्याल, युवा समाजसेवी गनेश सुनार, कृष्ण सुना, दलिल संजाल गलकोटका महासचिव लालबहादुर वि।क , वडा सदस्य मनकुमारी श्रीस, समाजसेवी लालबहादुर सुनार लगाएतले मन्त्य राखेका थिए। गलकोट नगरपालिका नगर कार्यपालिकाको आयोजनामा वडा अध्यक्ष भक्तबहादुर काउचाको अध्यक्षता गलकोट नगरपालिकाका प्रशासकीय अतिकृत तुलबहादुर वि।क को प्रमुख आथितियतामा परिभाषा, जातिय छुवाछूत र भेदभाव, कानुनी, दलित गैदलित, नीति र कार्यरण, दलित समुदायको सम्वृद्धको सुधार बारे नगरपालिकाका प्रशासकीय अतिकृत तुलबहादुर वि।कले सहजिकरण गर्नुभएको थियो, साथमा सहभागीहरुले आफ्(आफ्नो धारणा राख्नुभएको थियो। भने कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, शिक्षिका, विभिन्न संघसंस्था, समाजसेवी, टोलसुधार सस्था, आमा समूह, क्लबका प्रतिनिधि पत्रकार लगाएतको सहभागी रहेको थियो ।त्यस्तै लालबहादुर सुनारको संयोक्त्योमा १३ सदस्य रहने गरि दलित वडा समन्वय समिति पाण्डबखानी पुनस् गठन भएको छ। कार्यक्रममा वडा सदस्य करिस्मा भित्रकोटीको स्वागत र वडा सचिव ठाकुर तिमिल्सिनाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।