कार्तिक १
छत्रकोट गाउँपालिका ४ श्रृङ्गा सानीपोखरी गुल्मीका एक जेष्ठ नागरिक दमपतीले स्थानिय बिद्यालयलाई चौरासी पूजाको अवसरमा आर्थिक सहयोग गर्नुहुने भएको छ ।
श्रृङ्गा सानीपोखरी निवासी बोधराज कँडेल एवं भागिरथा कँडेलले आफुहरुको चौरासी पूजाको अवसरमा स्थानिय श्रृङ्गा जनता माविमा अध्ययन गर्ने बिध्यार्थीको सर्वाङ्गिण शैक्षिक बिकासको लागि नगद ५० हजार रुपैया दिनुहुने भएको हो ।
हिजो उहाहरुको चौरासी सिद्ध पूजा, श्रीमद्भागवत एकाह पाठ पारायण, शुक्ल यजुर्वेद पाठ पारायण, लक्ष बत्ती प्रज्वलन, लगायतका धार्मिक कार्य गर्दै श्रृङ्गा जनता माविलाई यज्ञमण्डपबाटै दान गर्ने घोषणा गर्नु भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कडेलले बताउनु भयो ।
उहाले प्राप्त रकम उचित प्रयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । यस अधिपनि स्थानिय धेरै नागरिकले बिद्यालयकोलागि आर्थिक सहयो गर्नु भएको थियो र योक्रम जारि रहेको प्रधानाध्यपक बिकासचन्द्र खरेलले बताउनु भयो ।
बिद्यालयले शैक्षिक गुणस्तर बृद्धिका बिभिन्न कृयाकलापमा लगानी बढाई रहेको छ । बिद्यालयमा कम्प्यूटर लगायतका ऐक्षिक बिषय सहित नर्शरी देखि कक्षा १२ सम्म बिभिन्न बिषयमा पढाई हुन्छ ।