कार्तिक शुक्ल पूर्णिमा गुरु नानक जयन्ती एवं कार्तिक स्नान समापन ।
मंसिर ११
आज मंसिर ११ गते सोमबार कार्तिक शुक्ल पूर्णिमा आज गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो। आजको दिनलाई गुरु पर्व वा गुरु पूर्णिमा भनेर मनाइन्छ।
संसारभरका शिख धर्मावलम्वीले श्रद्धाका साथ गुरु नायक अर्थात् शिख गुरुको सम्झना गर्ने गर्दछन्। गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो । गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए । धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो । उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए ।
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन हुन्छ। अहिलेसम्म रोकिएका शुभकार्य आजको दिनबाट गर्न थालिन्छन्।
यही पद्धति र परम्परा अनुसार मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्ध जस्ता शुभकार्य सुरु हुन्छन्। दसैँको समापनसँगै सुरु भएको कार्तिक स्नानसमेत आजबाट समापन भएको छ।