फागुन २०
गुल्मीमा मतगणना स्थल तयार पारिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा छुट्टा–छुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।
क्षेत्र नम्बर–१ को मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ । क्षेत्र नम्बर–२ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पस को हलमा गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहेले बताउनु भयो ।
मत जालीभित्र सीसीटिभी क्यामेराको निगरानीमा गनिने छ ।प्रतिनिधिहरूलाई जाली बाहिरबाट बस्न र प्रत्यक्ष अवलोकन गर्न मिल्ने ब्यवस्था मिलाईएको छ ।
जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ जना र क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् ।