राम कृष्ण कंडेल,
जेठ २२ गुल्मी- गुल्मीदरबार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतको स्वागत गरिएको छ ।
नयाँ प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेलाई गाउँपालिका अध्यक्ष अशोक कुमार थापा ,उपाध्यक्ष मिना भण्डारी, गाउँपालिकाका कर्मचारीहरु र कार्यपालिका सदस्यहरुले स्वागत गरेका थिए । बुधवार आफ्नो कार्यभार समाल्दै प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जनप्रतिनिधि, कर्मचारीको समन्वयमा गुल्मीदरबार गाउँपालिकाको समृद्घिमा आशा व्यक्त गरे । रेशुङ्गा नगरपालिका स्थाई घर भई यस अघि जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकिय अधिकृत पदमा कार्यरत पाण्डे सहयोगि, मिजासिला, सेवामा समर्पित र कुसल प्रशासकको रुपमा चिनिन्छन् ।यस अघि कार्यरत प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतको गत शुक्रबार प्रदेश नम्बर ५ को मुख्यमन्त्री कार्यालय बुटवलमा सरुवा भएको थियो । गाउँपालिका अध्यक्ष अशोक कुमार थापाको अध्यक्षता, कार्यपालिका सदस्य तारा गिरी, हरिहर गौतमकोस्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन गाउँपालिकाका अधिकृत टंकपन्थीले गरेका थिए । साथै वुधबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सम्पूर्ण स्वास्थ्यकर्मी, क्वारेन्टाईनमा खटिएका सुरक्षाकर्मी,स्वयंसेवक र क्वारेन्टाईनमा खाना पकाउने कर्मचारीहरुको एक लाख बराबरको विमा गरिदिने निर्णय गरेको छ ।
हाल गुल्मीदरबार गाउँपालिकामा बिभिन्नवडाहरुमा गरि ४७५ वेडको क्वारेन्टाईन स्थापना गरिएको र भारतका बिभिन्नठाउँबाट आएका ३४१ जना र स्वदेशका बिभिन्न ठाउँबाट आएका ५५ जना गरि कुल३९६ जना क्वारेन्टाईनमा रहेको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याललेबताए । गाउँ कार्यपालिका वैठकले अबदेखि प्रदेश नं।२ र प्रदेश नं।५ को बाँके र कपिलवस्तु भारत सँग सिमा जोडिएका सम्पूर्ण स्थानिय तह र भारतबाटगाउँपालिका भित्र आउनेलाई अनिवार्य रुपमा १४ दिन क्वरेन्टाईनमा राख्ने साथै स्वदेशका अन्य ठाउँबाट आफु बसेको वडाको सिफारिस सहित निजि सवारीसाधनको प्रयोग गरि गाउँपालिका सँग सम्पर्क गरि आएमा १४ दिन सम्म होम क्वारेन्टाईनमा बस्नु पर्ने निर्णय गरेको स्वास्थ्य अधिकृत अर्यालले बताए। साथै गाउँपालिकाले भारतबाट आई नेपाल भारतको नाका सुनौलिमा अलपत्र परेका गाउँपालिका भित्रका नागरिकलाई निशुल्क रुपमा ल्याउने व्यवस्था रक्वारेन्टाईनमा राखि निशुल्क खाने बस्ने व्यवस्थापनका साथै क्वारेन्टाईनस्थलमा २४सै घण्टा स्वास्थ्यकर्मी राखि दैनिक ईन्फारेड थर्मोमिटरबाटतापक्रम मापन गर्ने गरिएको पनि अर्यालले बताए ।