गुल्मीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि
गुल्मी ,राधा पोख्रेल
असार २७ ,तम्घास
गुल्मीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ५ जना र एन्टिजेन परिक्षणमा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
रुरुक्षेत्र गाउपालीकामा १४ जना,कालीगण्डकी गाउपालीकामा ६ जना,सत्यवति गाउपालीकामा ४ जना,छत्रकोट गाउपालीकामा ३ जना, मालीका गाउपालीकामा ३ जना,मुसिकोट नगरपालीकामा २ जना, रेसुंगा नगरपालीकामा २ जना,मदाने गाउपालीका ,धुर्कोट गाउपालीका र इस्मा गाउपालीकामा १–१ जना गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा संक्रिय संक्रमित ४ सय ५५ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।