राधा पोख्रेल,
तम्घास ,असार ११ – गुल्मीमा पछिल्लो केहिदिन यता कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ ।
गएको २४ घण्टामा जिल्लामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पिसिआर परिक्षण गर्दा ५२ जना र एन्टीजेन परिक्षण गर्दा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।गुल्मीदरबार गाउपालीकामा ३२ जना,रेसुंगा नगरपालीकामा २३ जना,इस्मा गाउपालीकामा ४ जना ,रुरुक्षेत्र गाउपालीकामा ४ जना,धुर्कोट गाउपालीकामा ३ जना,छत्रकोट गाउपालीकामा २ जना र मुसिकोट नगरपालीकामा २ जना गरि ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४घण्टामा १३ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ३२१ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९० जनाले ज्यान गुमाएका छन ।