छत्रकोट गाउँपालिकाको पल्लिकोटमा स्वास्थ्य शिबिर सम्पन्न,२२८ जनाले सेवा लिए
पुस २५
छत्रकोट गाउँपालिकाको पल्लिकोट स्वास्थ्य चौकीमा संचालन भएको घुम्ती स्वास्थ्य शिविरमा २२८ जना महिलाले सेवा लिएका छन ।
गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा बिनियोजित बार्षिक कार्यक्रम अन्तरर्गत, ६ वटै वडामा घुम्ती महिला स्वास्थ्य शिबिर संचालन गरिने कार्यक्रम अनुसार शिबिर संचालन गरिएको हो ।
यस्तै महिला स्वास्थ्य शिबिर क्रमस बाँकी सबै वडामा संचालन हुने र सम्पन्न शिबिरमा महिला रोग तथा लामो समयको गर्भान्तरको लागि आई यु सि डि र ईम्प्लान्ट सेवा दिईएको स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोृख्रेलले बताउनु भयो ।।
शिबिरबाट निःशुल्क भिडियो एक्सरे सेवा ११५, पाठेघरको मुखको स्क्रिनिङ सेवा ४८ र परिवार नियोजन सम्बन्धी सेवा ८४ जनाले लिएका छन ।
शिबिरमा डाक्टर बिबेक बिराट खनाल , स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेल सिअहेव सपना टण्डन, लगायत १५ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।
शिबिरको एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले उद्धघाटन गर्नु भएको थियो । समारोहमा वडाअध्यक्ष नरेन्द्र पल्ली,वडा प्रतिनिधि हरुको उपस्थिती रहेको थियो ।
