चुरामणि तिमिल्सीना,
रिडि जेठ ३० – पाल्पाको जोर्तेमा माल बहाक टिप्पर दुर्घटना भएको छ । बुटवल वाट गुल्मी तर्फa कालीगण्डकी करिडोरको सिमेन्ट ल्याउदै गरेको २ वटा टिप्पर ब्रेक फेल भएर बाटोबाट करिब २५० मिटर भन्दा तल खसेका छन ।प्रदेश नम्बर ३, ००१ क ०२५० र बा ४ ख ७३२० नम्बर को २ वटा ट्रिपर दुर्घटना भएको हो । टिप्परमा ५ जना सवार रहेका मध्य १ जनाको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विवरण खोज्ने कार्य जारि रहेकोे छ। अन्य चार जना घाइतेलाई उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।