गुल्मीको रुरुक्षेत्र गाउपालिका बलेटक्सार सेरोफेरोका कृषकले उत्पादन गरेको दुधबाट उत्पादित घ्यु र छुर्पिले बजार पाएको छैन ।
पछिल्लो समय स्थानिय तह लगायत बिभिन्न संघ संस्थाहरुले कृषिमा प्रोत्साहन गरे पछि युवा बिशेष गरेर दुध उत्पादनको लागि पशुपालनमा आकर्षित भए ।त्यसपछि दुध उत्पादन बढ्यो । उत्पादित दुध सदरमुकाम तम्घास र स्थानिय बजारमा बिक्री हुने गरेको छ ।स्थानीय कृषक ब्यवसायिक पशुपालक कृषि फर्मबाट ईश्वर डेरिले दैनिक करिब ७५० लिटर दुध संकलन गर्छ । जसमध्ये दैनिक २५० लिटर तम्घास १५० लिटर स्थानिय बजार बिक्री हुन्छ ।बाकी दुधको दहि,पनिर,बटर,कुराउनी,घ्यु र छुर्पी उत्पादन हुन्छ। यसरी उत्पादन भएको घ्यु र छुर्पीले बजार नपाएको डेरी संचालक नर्जन श्रेष्ठले बताउनु भयो।अहिले डेरी संग १५,१६ क्विन्टल छुर्पी,१५,१६ क्विन्टल घ्यु स्टक रहेको,अब उत्पादन हुने घ्यु र छुर्पी स्टोर गर्ने ठाउ समेत नभएको श्रेष्ठले बताउनु भयो।अहिले बजारमा १ हजार रुपैया प्रतिकिलो घ्यु र छुर्पी को मुल्य छ । नेपाल डेरी एशोुिसएसन गुल्मीका अध्यक्ष एबम गौरब दुग्ध डेरीका संचालक रबी पन्थले बजारमा कहि दुध,दहि,पनिर,बटर,कुराउनी,घ्यु र छुर्पी नपुगेको कहि बजारको समस्या रहेकोले,बजार ब्यवस्थापन समस्या भएको बताउनु भयो,ईश्वर डेरिको केहि उत्पादन अफूले बिक्री गरिदिएर केहि सहयोग गरेको समेत अध्यक्ष पन्थले बताउनु भयो ।गुल्मीको रुरुक्षेत्र गाउपालिका अध्यक्ष निलकण्ठ गौतमले बजारको समस्या समाधानको लागि गाउपालिका क्रियासिल भएको र केहि दिन भित्रै समस्या समाधान हुने बताउनु भयो ।केहि दिन भित्रै बजारको समस्या समाधान नभए बलेटक्सार सेरोफेरोका कृषकले उत्पादन गरेको दुध के गर्ने ? कृषिमा प्रोत्साहन के होला ?बिशेष गरेर युवा, दुध उत्पादनको लागि पशुपालनमा आकर्षित भएका उनीहरु के गर्लान ? छिटो समाधान खोज्नुको बिकल्प छैन । सम्बन्धित निकाय सम्बेदनशिल बनी ध्यान पुर्याओस ।