श्रीङ्गा जनता माध्यमिक बिध्यालय छत्रकोट ४ श्रृङ्गा गुल्मीको ६०औ बर्षिक उत्सब तथा अभिभावक दिवसको तेस्रो दिन आज उसा स्मृती खुल्ला रनिङ्गा सिल्ड हाजिरी जवाफ प्रतियो गिता सम्पन्न भएको छ ।
प्रतियोगितामा रेन्बो ईङ्गलिस बोर्डिङ्ग स्कुल प्रथम,जनबोध माध्यमिक बिध्यालय द्वितिय,ज्ञवा बलेटक्सार माध्यमिक बिध्यालय तृतिय, श्रीङ्गा जनता माध्यमिक बिध्यालय सान्तवना भएका छन । त्यस्तै आधारभुत तहको लोकनृत्य प्रतियोगिता मा सृजना कडेल र भावना कडेल प्रथम,कबिता कडेलको टोली द्वितिय र अमिसा कडेलको टोली तृतिय भएका छन । मा बि तर्फ मनिषा कडेलको टोली प्रथम,उषा खासुको टोली द्वितिय,र निषा अर्यालको टोली तृतिय भएका छन । ६०औ बर्षिक उत्सब तथा अभिभावक दिवस १२ गते सम्पन्न हुनेछ ।