नयाँ कार्यसमिती चयन गर्दै,नेपाल राष्ट्रिय शिक्षक संगठन सत्यवती गाउँपालिका गुल्मीको प्रथम अधिवेसन सम्पन्न भएको छ ।
नव गठित २२ सदसिय समितिको अध्यक्षमा प्रकास भट्टराई,उपाध्यक्ष महेन्द्र भण्डारी,महिला उपाध्यक्ष रामकला भण्डारी, सचिब कृष्ण पुलामी कोषध्यक्ष बिश्वास पौडेल लगात चयन हुनु भएको छ । प्रथम अधिवेसनको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका सदस्य बल ब खप्तडीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष रोहित भण्डारीले नव गठित २२ सदसिय समितिका पदाधिकारीलाई सुभकामना दिदै,शिक्षा एैनमा बाल बिकास शिक्षक र कर्मचारीको तलब स्केल,अस्थाई सेवाको पुनर गडना,सामुहिक बढुवा लगायतका शिक्षकका मागको बिषयमा चर्चा गर्नु भएको थियो । बिशेष अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मी अध्यक्ष ज्ञानहरी सापकोटाले शिक्षक संगठनका बारेमा बोल्नु भएको थियो । सोहि अवसरमा जनप्रतिनिधि र शिक्षका बिच बिभिन्न ठाउँमा देखिएको असमजदारीका बिषयमा अन्तरक्रिया समेत भएको थियो । सचिब भुवन टण्डन, सत्यवती गाउँपालिका वडा नं.१ का अध्यक्ष एवम सामाजिक बिकास समितिका संयोजक भिमलाल पाण्डे, वडा नं.४ का अध्यक्ष दान ब राना, वडा नं.५ का अध्यक्ष ओम प्रकाश भट्टराइ,लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो । भेषराज पाण्डेयले स्वागत गर्नु भएको कार्यक्रम प्रकास भट्टराईले संचालन गर्नु भएको थियो ।