नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनको नाम फेरिएको छ । नयाँ नाम जनपत्रकार संगठन नेपाल राखिएको, संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी गराउनु भयो ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले आफूहरुको संगठनले नाम परिवर्तनको जानकारी दिएको छ । कानुनी र प्राविधिक कारणले गर्दा मातृ पार्टीको निर्णयानुसार संगठनको नाम परिवर्तन गरिएको अध्यक्ष डुम्रेले बताउनु भयो ।
पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतिपूर्ण बनेको भन्दै आम मिडिया र मिडियाकर्मीलाई आफूहरुको अभियानमा साथ दिनसमेत आग्रह गर्नु भयो।
यसअघि क्रान्तिकारी पत्रकार संगठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार संगठनको नामबाट हुने महासचिव हिम विष्टले जानकारी दिनु भयो । ।