
छत्रकोट गाउँपालिका गुल्मीले शोक सभा सम्पन्न गरेको छ । बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, नेपाली नागरिक उड्यन प्राधिकरणका उपमहा निर्देशक विरेन्द्र श्रेष्ठ, नेपाली नागरिक उड्यन प्राधिकरणका इन्जिनियर धु्रवदाश शोछिभया, प्रधानमन्त्रीका सोकिय सचिव युवराज दाहाल , यती एयरलाईन्सका अध्यक्ष आङछिरिङ्ग शेर्पा, हेलिकप्टरका क्यापटेन प्रभाकर के शी, मन्त्रीका अंगरक्षक अर्जुन कुमार घिमिरे मृत्यु प्रति शोक प्रकट गरिएको हो । शभामा वडा अध्यक्षहरुका तर्फ वाट वडा न. १ का वडा अध्यक्ष धातानन्द भन्डारी,नेकपाका ईनचार्ज बिष्णु पौडेलले शोक प्रकट गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष मधुकष्ण पौडेलले शोक प्रकट गर्दे रेसुङ्गा एयरपोर्ट को लागि पुर्याउनु भएको योग्दान स्मरण गर्नु भएको थियो । सभाको सहजिकरण प्रमुख प्रशासनिक अधिकृत मधुकृष्ण पौडेलले गर्नु भएको थियो । सभामा उल्लेखिए रुपमा स्थानियको सहभागीता रहेको थियो ।