एउटा खरको छानो गोठशाले बुकुरो,परिवार सदस्य २ श्रीमान ७४ बर्ष शारिरिक असक्त,श्रीमती ७० पुगेर ७१ बर्ष लाग्नु भयो, सन्तान छैनन । एकल महिला बर्ष करिब २६,२७ । ३ सन्तान, १४, ४, १ बर्षको दुधे बालक लिएर छिमेकिको मेलामा जाने, त्यो पनि बोलाए, सधै काम पाईन्न, काम पाउदा दिनको २५० रुपैया । अबिबाहित महिला बर्ष करिब ६०,खरले छाएको कपडाले बेरेको छाप्रो, एक छाक मात्र खाना खाने, बिरामी भएर, खान मन नलागेर होईन नपुगेर ।
यि,गास बास कपास कै समस्या भोग्ने प्रतिनिधी पात्र मात्र। मैले उनिहरुको नाम ठेगाना भनिन, उनिहरुको अनुरोधमा । मैले उनीहरु सँग कुरा गर्दा लाज मान्नुभो, सबैकुरा खोल्न मान्नु भएको थिएन, वेइजत हुने डर थियो । उहाहरुको आत्म सम्मान बडो अच्चमको, समस्या कसै सँग नभन्ने, परिचय नदिइ धेरै वेरको अनौपचारिक गन्थन पछि यि कुरा मैले पाए, उहाहरुका समस्या गाउँपालिकमा पुर्याए उपाध्यक्ष त रुनुभयो । पालिकाले उनिहरुको समसया समाधान गर्दे छ । यस्ता समस्या हुने धेरै छन् उनिहरुको आवाज कहिले कसरी वाहिर आउछ ।
शताब्दि ,प्रबिधि , राजनीति संरचना जे फेरे पनि परिणाम जस्ताको त्यस्तै, आज केही ठाउँ घुमे दशै सेरोफेरोमा सोरेका बनाएका वाटो जस्ताको त्यस्तै , वाटो आयु १ तहरो पानी , त्यस पछि उस्तै, मैले उल्लेख गरेको कुरा काल्पनिक होईनन म सँग फोटो आवाज, साची छन् । उहाहरुको आत्म सम्मानको लागि उल्लेख यहाँ गरिन । सम्बन्धित ठाउँमा गरेको छु । आउनुहोस उनिहरुका लागि केहि गरौ । कमसेकम आवाज उठाउँ
युगराज बस्याल गुल्मी