अस्थाई शिक्षक नियुक्ती महंगो एवं खर्चिलो बनेको छ । प्रसंग गुल्मीको १ जना शिक्षक नियुक्ती गर्न सबै भन्दा पहिले सम्बन्धित बिधालयले सार्बजनिक सुचना गर्दछ अर्थात आवेदन माग गर्छ, बिज्ञापनको लागि खर्च हुन्छ, उपलब्ध संचार माध्यम अनुसार १ हजार देखी ५ हजार सम्म, योग्यता पुगेका उमेद्वारहरु बाट दरखास्त आउछ । त्यस पछि तोकेको मितिमा परिक्षा अर्थात शिक्षक छनौट सुरु हुन्छ । जसमा बि नि, ३ देखी ५ हजार, आर पी ३ देखि ५ हजार ,बिषय विशेषज्ञ २ जना ४ देखी ६ हजारको दरले १० देखी १२ हजार, त्यस दिन बिधालय ब्यास्थापन समिति प्रअ उपस्थित छनौट अधिकारी को खाना नास्ता अवस्था परिस्थिति अनुसार खाझको खाना नास्ता साधारण चलन चल्तिको भए पनि ८ हजार देखि १० हजार रुपैया । ठाउँ अवस्था अनुसार केही कम हुन सक्छ । यस अनुसार २३ हजार देखि ३७ हजार सम्म सामान्यतया खर्च हुने देखिन्छ । नाम नबताउने सर्त मा एक जना बिषय विशेषज्ञ भन्नु हुन्छ, कतिपय बिधालय मा ४५ हजार रुपैया सम्म खर्च हुने गरेको छ । यस बिषय मा शिक्षा बिकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरे ले ८, १०, १२ हजार रुपैया खर्च हुन सक्ने बताउनु भयो । तर अहिले शिक्षा बिकास तथा समन्वय इकाइ गुल्मीको कुनै पनि भुमिक नरहने र सम्पुर्ण भुमिका स्थानीय तहको हुने बताउनु भयो । यसरी शिक्षक छनौट प्रकृया महंगो हुने हुदा आगामी दिन मा योग्ता भन्दा पैसा तिर्न सक्ने उमेद्वार छनोट नहोलान भन्न सकिन्न । यो प्रकृया र खर्च समय सान्र्दभिक र उपयुक्त नभएको नेपाल शिक्षक महासंघ गुल्मी का अध्यक्ष रोहित भन्डारी ले बताउनु भयो । नाम नबताउने शर्त मा एक जना शिक्षकले रुरु एफ एम लाई जानकारी गराउनु भयो, मैले रु २५ हजार तलब पाएपछि बिधालय लाई बुझाएको हो । त्यसतै अर्का शिक्षकले भन्नु भयो शिक्षक छनौट मा ३२ हजार बिधालय को खर्च भएको थियो,मैले १६ हजार दिए बाकी बिधालय ले खर्च गर्यो । बि नी आर पी र बिषय विशेषज्ञलाई, ३ हजार देखि माथी भत्ता दिनु पर्ने ,त्यो पनि कार्यलय समय मै र सोही प्रकृतिको काम को लागि । खाना नास्ता ईन्धन परिस्थति अनुसार उपलब्ध गराउनु सामान्य होला तर कुनै श्रोत नभएका प्रा बि निमाबि मा बि र सम्बन्धित शिक्षक का लागि यो सामान्य बिषय र सामान्य रकम होइन , यस प्रति सम्बन्धित निकाय को ध्यान जान जरुरी छ ।