नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्र मेलमिलाप र एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ । काठमाडौंको टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा उहाँले पार्टी गुट–उपगुटमा विभाजित भएकाले आफूले आजैबाट पार्टीभित्र एकता र मेलमिलापका लागि पहल गर्ने बताउनुभयो । फागु पर्व एकता, मेलमिलाप र सम्बन्ध स्थापित गर्ने पर्व भएकाले आजैका दिनबाट पार्टीभित्र एकताको खोजी गरिने उहाको भनाइ थियो । उहाले कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभयो।