गुल्मीमा हुन लागेको महोत्सवमा कृत्रिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २० गतेबाट ३० गतेसम्म प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव एवं व्यापार मेला आयोजना गरिएको हो ।
महोत्सवमा गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुदैछ । जिल्लामा उत्पादन भएका फूलका मालाहरुलाई मात्रै प्रयोग ल्याइने भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताउनुभयो ।
महोत्सवमा अतिथिलाई प्रयोग गरिने ब्याच को सट्टामा पिपलको पात प्रयोग गरिने , खादाको सट्टामा स्थानिय फूलका मालाहरु मात्रै प्रयोग गरिने भएको उहाँले बताउनुभयो । महोत्सवमा जिल्लामा उत्पादन भएका धेरैजसो बस्तुहरु र यहाँको बिशेष मौलितालाई देखाउने उदेश्यले कृतिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिने भएको आयोजकले जनाएको छ ।
अतिथिलाई सत्कार गर्ने बाहनामा जिल्लामा रहेका फूलहरु पनि प्रयोग नगरिने र जिल्ला बाहिरबाट ल्याएर कृतिम मालाहरु र अन्य प्रयोग नगर्ने निर्णय गरिएको सह–संयोजक भुसालले बताउनुभयो । गुल्मी सदरमुकाम तम्घासमा महोत्सव सञ्चालन हुने महोत्सव हुने मिति नजिएसँगै मुल आयोजक समितिले तयारीलाई तिब्र पारेको छ ।
महोत्सव सम्पन्न गर्नको निम्ति बिभिन्न उपसमितिहरुले कामलाई तिब्र पारेका छन् । तम्घासको चिदिचौर खेल मैदानमा चल्ने महोसत्वमा कुल स्टल २ सय ३० मध्ये कृषिलाई उच्च प्रथामिकता दिइने भएको छ । महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको महोत्सव मुल आयोजक समिति अध्यक्ष युवराजे न्यौपानेले बताउनुभएको छ ।
महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा बिशेष प्रथामिकता दिइएको महोत्सव मुल आयोजक समिति सह संयोजक भुसालले बताउनुभयो ।
मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि सह– आयोजकमा होटल व्यवसायी मञ्च संघ, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी, गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् । सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोटिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्र्पोट क्लव, महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लाका १ दर्जनसहयोगी संस्थाहरु रहेका छन् ।
जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने बताउनुभयो । महोत्सवबाट आम्दानी भएको रकम मध्ये सामाजिक क्षेत्रमा खर्चिने भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताउनुभयो ।
मेलामा झण्डै ५ दर्जन वढि नेपालका ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति रहने भएको छ ।