भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । उनीमाथि पञ्जाब नेसनल बैंकको झण्डै २ अर्ब अमेरिकी डलर ऋण चुक्ता नगरेको आरोप छ । भारतले गएको अगस्टमा बेलायतसँग नीरव मोदीलाई सुपुर्दगी गर्न माग गरेको थियो । यसलाई भारतकै सबैभन्दा ठूलो बैंक घोटालाका रुपमा चिनिन्छ ।
लण्डन प्रहरीका अनुसार ४८ वर्षीय भारतीय व्यापारी मोदीलाई लण्डनको होल्बोर्न क्षेत्रबाट मंगलबार गिरफ्तार गरिएको हो । उनलाई बुधबार लण्डनको वेस्टमिन्स्टर कोर्टमा पेश गरिँदैछ ।
यो आरोप सार्वजनिक हुनुभन्दा पहिले नै नीरव मोदी भारतबाट भागेका थिए । मोदी र चौकसीले भने आफूहरुमाथि लागेको भ्रष्टाचारको आरोप गलत भएको बताउँदै आएका छन् ।