लमजुङको बेसीशहर नगरपालिका–८, भिमसेनस्थानमा रहेका दुई पसलमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ।सोमबार राति विद्युत शर्ट भएर पसलमा आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट उत्तरबहादुर परियारको कपडा पसल र रुपेश थापाको कम्युटर मर्मत केन्द्रमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर दमकलको सहायताले आगो निभाएका थिए । आगलागीबाट दुवै पसलमा गरी ५० लाखभन्दा बढिको क्षति भएको अनुमान गरिएको जिप्रका लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक यादव ढकालले बताउनुभयो ।