जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक,सहचालक, यात्रुहरु र स्थानियलाई समेत राखेर दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिँदै आएको छ ।
सडक प्रशिक्षण कार्यक्रम प्रभावकारी भएपछि त्यसलाई निरन्तरता दिदै रेसुङ्गा नगरपालिकाको वडा नम्बर ४ स्थित सेउघामा सडकमै चालक,सहचालक, यात्रुहरु र स्थानियलाई समेत राखेर दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिँइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक पृथ्वी काफ्लेले बताउनुभयो । ‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ गुल्मीमा ट्राफिक सचेतना कार्यक्रमहरु गर्दैै आएको प्रहरी नायव निरिक्षक काफ्लेले बताउनुभयो ।
सडक प्रर्शिक्षण अन्र्तगत तम्घासबाट ग्रामीण बस्तीहरुमा चल्ने जिप,बस, ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधनका चालकहरु,सहचालकहरु,यात्रुहरु र स्थानियहरुलाई समेत राखेर ट्राफिक नियम, यात्रा गर्दा अपनाउनु पर्ने सावधानी जस्ता बिषयहरुमा प्रर्शिक्षण दिइएको नायव निरिक्षक काफ्लेले बताउनुभयो । सबै पक्षलाई यात्रा गर्दा जिम्मेवार बनाएर दुर्घटना न्यूनिकरण गर्नको लागि सडकमै प्रर्शिक्षण दिँदै आइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
प्रशिक्षणमा ट्राफिक नियम ट्राफिक प्रहरीलाई मात्रै नभइ सुरक्षित यात्रा गर्नको निम्ति भएकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने जस्ता विषयहरुमा प्रशिक्षण राखिएको थियो । दुर्घटना न्यूनिकरण गर्न चालक देखि यात्रुहरु पनि जिम्मेवार बने त्यसलाई रोक्नको निम्ति मद्दत पुग्ने भन्दै सडक प्रर्शिक्षण कार्यक्रम प्रभावकारी बन्दै आएको हो ।
ट्राफिक कार्यालय गुल्मीले बिद्यार्थीलाई पनि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । सुरक्षित चालक बनाउन पटक–पटक कक्षाहरु सञ्ञ्चालन गर्दै आएको छ । दुर्घटना न्यूनिकरण गर्नको लागि सवारी धनि व्यवसायीक चालक तथा सहचालकलाई कक्षा, सर्बसाधरणलाई पर्चा पम पिलेट स्थानिय सञ्चार माध्यमबाट समेत सचेतना कार्यक्रहरु सञ्चालन गर्दै आएको ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।