सरकारले फेरि पनि भूकम्प अति प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ वटै जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण सुरु गर्दैछ । भूकम्प प्रभावित जिल्लामा शुक्रबारदेखि छुट तथा पुनःजाँच सर्वेक्षण गर्न लागेको हो । यसअघि भूकम्प लगत्तै केन्द्रीय तथ्याङ्क विभागबाट पहिलो पटक सर्वेक्षण गरिएको थियो । अघिल्लो वर्ष पुनः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अति प्रभावित १४ जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण गरेको थियो ।
शुक्रबारदेखि सबै जिल्लामा सुरु गर्ने भनिएको छुट तथा पुनःजाँच सर्वेक्षण प्राविधिक तथा इन्जिनियरको आन्दोलनका कारण केही जिल्लामा प्रभावित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।