
रुरु गाउँपालिका १ रिडी गुल्मीमा १५ दिने सिप बिकास तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग बिकास समिती र रुरु गाउँपालिका गुल्मीको आयोजनामा, परालको जुत्ता चप्पल बुन्ने तालिम प्रदान गरिएको हो । १५ दिन सम्म सञ्चालित तालिममा स्थानिय १५ जनाको सहभागीतामा रहेको थियो । रुरु क्षेत्रमा परालको जुत्ता चप्पलको राम्रो बजार रहेको छ । दिवंगतको अन्तेष्ठि पछि क्रियापत्रीहरुले विशेष गरि परालको जुत्ता चप्पल प्रयोग गर्देछन । समापन समारोहको अध्यक्षता वडा अध्यक्ष रामलाल बिकले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरी प्रमुख अतिथी हुनुहुन्थ्यो, प्रमुख अतिथी गिरीले गाउँपालिकाले सिप बिकासमा दुध परिकार बनाउने, टपरी खुट्ने, सिलाइ कटाइ र ढाका बुन्ने तालिमलाइ प्राथमिकताका साथ अगाडी बढाउने बताउनु भयो । कार्यक्रमको सहजिकरण घरेलु कार्यलयका लक्ष्मी प्रसाद दाहालले गर्नु भएको थियो । कार्यक्रममा वडा न ५ का अध्यक्ष हरि प्रसाद ज्ञवाली प्रशिक्षार्थी मञ्जु खनाल लगायतले बोल्नु भएको थियो । तालिम गोमा थापा र दिपिका थापाले प्रदान गर्नु भएको चुरामणी तिमलसेनाले बताउनु भयो ।