आज देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको मोसम पुर्वाअनुमान महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यका लगाएत देशको पुर्वी, मध्य र पश्चिमी भु–भागमा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले सीआईएनलाई जानकारी दिनुभयो । मौसम सफा हुन अझै दुई दिन लाग्ने महाशाखाले जनाएको छ ।