महिला फिफा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १ सय ३ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १ सय ८ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेपछि नेपालले वरियतामा सुधार गरेको हो । दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल अघि भारत ६३ औं स्थानमा रहेको छ । दक्षिण एसियामा बंगलादेश १ सय २७ औं, श्रीलंका १ सय ३४ औं, माल्दिभ्स १ सय ३६ औं र भुटान १ सय ५० औं स्थानमा रहेको छ । नयाँ वरियतामा अमेरिका शीर्ष स्थानमा रहेको छ भने जर्मनी दोस्रो, इंग्ल्यान्ड तेस्रो, फ्रान्स चौथो र क्यानडा पाँचौ स्थानमा रहेका छन् ।