एसईई बोर्डको बैठक आज बस्दैछ । प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया आजबाट शुरु हुने भएको हो ।
एसईई बोर्डको आज बस्ने बैठकले प्रश्नपत्र छपाइको निर्णय गरेपछि छपाई प्रक्रिया शुरु हुने भएको छ ।
बोर्ड बैठकले प्रदेश २ को स्थगित भएको परीक्षाको तालिका पनि बनाउने छ ।
एसईई कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नयाँ प्रश्नपत्र छपाइ गर्ने तयारीमा लागेको बताउनुभयो । उहाँले प्रदेश नम्बर २ का लागि नयाँ प्रश्नपत्र छपाइ प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिनुभयो ।