प्रथम रुरु क्षेत्रधाम आमन्त्रित आई टि एफ तेक्वान्डो प्रतियोगिता रुरुक्षेत्र गाउपालिका रिडी गुल्मीमा सुरु भएको छ ।
तेक्वान्डो खेलाडी एबं प्रशिक्षक बिकल पौडेलको नेतृत्वमा,रुरुक्षेत्र गाउपालिका र आई टि एफ तेक्वान्डो रिडीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सत्र जिल्लाका खेलाडी सहभागी भएका छन । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश साम्सद कमल श्रेष्ठले खेलको प्रकृती छुट्यार राज्यको तिन वटै तहले लगानी बढाउनु पर्ने बताउनु भयो । आफ्नो घरको खाएर आफै अभ्यास गरेर खेलकुदको बिकास नहुने बताउदै, आगामी बजेटमा खेलकुदको बिकासको लागि बजेट राख्न, प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्ण भण्डारीले जिल्लामै पहिलो पटक आमिन्त्रत आई टि एफ तेक्वान्डो प्रतियोगिता भएकोमा खुशी ब्यक्त गर्दे खेलाडीको हौसला बढाएको बताउनु भयो । आयोजकको तर्फ वाट खेलाडी एवं प्रशिक्षक विकल पौडेलले, अनुशासन, स्वासथ्य र प्रतिष्ठाको लागि प्रतियोगिता गर्नु भएको थियो । उद्घाटन समारोहका वडा अध्यक्ष रामलाल वि क , उधोग वाणिज्य संघ रिडी शाखाका सुवर्णलाल कक्षपती, समाजसेवी गुरुदत्त ज्ञवाली, नेकपाका युवा नेता हिमाल श्रेष्ठ लगायतको उल्ख्य उपस्थिती थियो ।
हेर्नुहोस भिडियो…
https://www.facebook.com/rurufm94.8/videos/1004283506429332/