पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमलले, पाणिनी गाउँपालिका अर्घाखाँची दुध,अण्डा र मासुमा आत्मनिर्भर भएको बताउनु भएको छ । निगाली दुग्ध संकलन केन्द्र पाणिनी गाउँपालिका ४ अर्घाखाँचीको ११ औ बर्षिक उत्सब एबम साधारण सभामा बोल्दै गाउँपालिका अध्यक्ष अच्युत गौतमले पाणिनी गाउँपालिका अर्घाखाँची दुध,अण्डा र मासुमा आत्मनिर्भर भएको बताउनु भएको हो । पाणिनी गाउँपालिकाले झण्डा र डण्डाको भरमा अनुदान नदिई बास्तबिक किसानलाई उत्पादनमा आधारित प्रतक्ष लाभ पुग्ने कार्यक्रम ल्याउन, अध्यक्ष गौतमले प्रतिबद्धता जनाउनु भयो । बर्षिक उत्सब एबम साधारण सभाको अध्यक्षता दुग्ध संकलन केन्द्रका अध्यक्ष यमलाल पाण्डेले गर्नु भएको थियो । संकलन केन्दका सचिब एवम छुर्पी उत्पादक तिलक गैरेले, छुर्पी मार्फत किसान सम्म चालु आर्थिक बर्षमा करिब २ करोड ४० लाख पुगेको बताउनु भएको, कृष्ण गैरेले जानकारी दिनु भयो ।