बुटवल ।
सिद्धबाबा मन्दिर बिकास समितिले मन्दिरमा पुजा तथा दर्शन गर्न आउने भक्तजन र धार्मिक पर्यटकहरुलाई निशुल्क बस चलाउन सुरु गरेको छ ।
सिद्धबाबा मन्दिर मन्दिर बिकास समितिले आजदेखि बुटवल र आसपासबाट मन्दिरसम्म आउन जानका लागि त्यस्तो बस सञ्चालनमा ल्याएको हो ।
गत वर्षको महाशिवरात्रीबाट बचत भएको रकम र बाकी रकम अन्य श्रोतबाट जुटाएर साढे २९ लाख रुपैयामा समितिले एउटा नयाँ बस खरिद गरेको छ ।
आज बिहान बसको पूजा गरी भक्तजन तथा धार्मिक पर्यटक ल्याउन सुरु गरीएको छ ।
तत्काललाई हरेक दिन बिहान ५ बजे बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्र योगिकुटीबाट पहिलो बस छुट्ने र त्यसपछी टाफिकचोकबाट प्रत्येक एक घण्टाको फरकमा मध्यान्ह १२ बजेसम्म बस छुटने गरी व्यवस्थापन गरेको मन्दिर बिकास समितिका सदस्य तोया लम्सालले जानकारी दिनुभयो ।
मन्दिर बिकास समितिले सुरु गरेको यो धार्मिक बसमा भक्तजन तथा पर्यटकले गाडी भाडा तिर्नुपर्ने छैन । निशुल्क यात्राको व्यवस्था मिलाईएको छ । कसैले सहयोग गर्न चाहेमा बसमा दानपात्र राखिएको लम्सालले बताउनु भयो । बसमा भजन कृतन र धार्मिक प्रवचन श्रवण गर्ने व्यवस्था मिलाईएको छ ।
तत्कालका लागि एउटा बस खरिद गरीएको भएपनि आवश्यकता अनुसार थप धार्मिक बसको पनि व्यवस्था गर्ने सोचमा समति रहेको समितिका कोषाध्यक्ष तथा तिनाउ गाउपालिका वडानम्वर ३ का वडाअध्यक्ष प्रेम पाण्डेले बताउनु भयो ।
यसैबिच
मन्दिर बिकास समितिले यस वर्षको महाशिवरात्रीलाई भव्यतापुर्वक मनाउने तयारी गरेको छ । महाशिवरात्री र सोमवार एकै दिन परेकाले श्रद्धालु भक्तजनको उल्लेख्य सहभासिगता हुने अनुमान सहित मन्दिर बिकास समितिले बिशेष तयारी गरेको अध्यक्ष दल बहादुर गुरुगंले जानकारी दिनुभयो । गत बर्ष महाशिवरात्रीमा १२ हजार भक्तजन आएकोमा यस बर्ष २० हजार पुग्ने अनुमान उहाले गर्नु भएको छ ।
महाशिवरात्रीमा बुटवलबाट मन्दिरसम्म पुग्न थप ४ वटा बसको निशुल्क व्यवस्था गरीएको छ ।