प्रथम रुरुक्षेत्र धाम आमन्त्रित आई टि एफ तेक्वान्डो प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका रिडी गुल्मीमा सम्पन्न भएको छ । सत्र जिल्लाका २ सय ३० खेलाडिको सहभागितामा सम्पन्न प्रतियोगितामा आयोजक, आई टि एफ तेक्वान्डो रिडी गुल्मी ६ स्वर्णपदक जितेर प्रथम, आई टि एफ तेक्वान्डो पल्पा द्वितिय, आई टि एफ तेक्वान्डो नवलपरासी तृतिय भएका छन । तेक्वान्डो खेलाडी एबम प्रशिक्षक बिकल पौडेलको नेतृत्वमा प्रतियोगिता भएको थियो । फागुन १७ र १८ गते २ दिन सम्म चलेको प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आत्मरक्षा,अनुसासन,राष्ट्रप्रेममा तेक्वान्डो खेलाडिको मत्वपुण भुमिका रहेको बताउनु भयो । सरकारी निकाय बाट हुनु पर्ने यस्ता महत्वपुर्ण प्रतियोगिता स्थानिय एक खेलाडिको पहलमा सफलतापुर्वक सम्पन्न हुनु गौरबको बिषय भएको बताउनुभयो । समापन समारोहका बिशेष अतिथी छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले स्थानिय प्रतिभाको बिकासको लागि यस्ता प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । प्रतिभाको बिकास गर्ने प्रतियोगिताको बिकासको लागि त्यसका जानकारहरुले स्थानिय नेतृत्वलाई प्रतियोगिताको बारेमा जानकारी गराउनु पर्ने बताउनु भयो । रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामलाल बि क ले रुरुक्षेत्रमा पहिलो पटक रुरुक्षेत्र धाम आमन्त्रित आई टि एफ तेक्वान्डो प्रतियोगिता सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै यस प्रतियोगिताले रुरुक्षेत्रको गरिमा बढाएको बताउनु भयो । ता न पा १४ कि वडा सदस्य सिता ज्ञवालिले तेक्वान्डो प्रतियोगिता सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै,रुरुक्षेत्रको प्रचार प्रसारमा भुमिका खेलेको बताउनु भयो । आई टि एफ तेक्वान्डोका केन्द्रिय अध्यक्ष अन्जान धमलाले खेल तथा खेलाडिले राष्ट्रको पहिचानमा भुमिका खेल्ने भएकोले, खेल तथा खेलाडिको बृद्धिबिकासमा स्थानिय तह देखि केन्द्रले ध्यान दिन आग्रह गर्नु भएको थियो । आई टि एफ तेक्वान्डोका प्रदेश नं. ५ का सचिब नवराज खरेलले अभिभावक समाज राज्यले खेल तथा खेलाडिका हौसला बढाउनु पर्ने बताउनु भएको थिये ।
भिडियो हेर्नुहोस..
https://www.facebook.com/252815958942043/videos/294094187952059/