ग्रमिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड छत्रकोट २ भेडुवा गुल्मीले छत्रकोट १ हुँगा गुङटुङमा सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहकारीको बचत तथा ऋण लगानीका बिषयमा र राष्ट्रिय अन्तराष्ट्रिय सहकारीको अभ्यासका बिषयमा छलफल गरिएको थियो । कार्यक्रमको अध्यक्षता छबिलाल सुबेदीले गर्नुभएको थियो । कार्यक्रमा सहकारीका अध्यक्ष शंकर पन्थले, गाउँपालिका बाट बिनियोजन हुने सहकारीको ५ प्रतिशत रकम, अन्तर सम्बन्ध कायम गर्न उपयोग गर्ने र चैत्र २० गते सहकारी दिवशमा सम्पुर्ण सहकारीका श्यर सदस्य उपस्थित भई, दिवश बनाउने बताउनु भएको थियो । सहकारी पाठशाला पुष्पा गैरेले सञ्चालन गर्नु भएको कार्यक्रममा सहकारीका ब्याबस्थापक शेषकान्त भुषालले , सहकारीको नितिगत व्यावस्थाका बारेमा बोल्नु भएको थियो । कार्यक्रममा ग्रामिण महिला बहुउदेश्य सहकारीकी अध्यक्ष सीता पौडेल, सुर्येदय बचत तथा ऋण सहकारी संस्थाका जनार्दन पौडेल, लालमणी पन्थ लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सहकारीका कोषाअध्यक्ष थानेश्वर भन्डारीले स्वागत गर्नु भएको थियो । गुल्मी जिल्ला कार्यक्षेत्र रहेका ग्रामिण बचत तथा ऋण सहकारी संस्थामा ९ सय ९६ जना श्यर सदस्य आबद्द रहेका छन । सहकारीको हालको कुल श्यर पुँजी करिब १ करोड ५७ लाख रुपैया रहेको छ ।