पोखरा मा प्याराग्लाईडिङ दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्याराग्लाइडिङ गर्दा फेवातालमा खसेर घाईते भएका एक विदेशी पर्यटक रोमानियाका नागरिक ४२ वर्षीया एड सिजरको उपचारका क्रममा मेट्रो सिटी अस्पतालमा मृत्यु भएको हो ।
प्याराग्लाइडर फेवातालमा खसेको जानकारी पाए लगत्तै घटनास्थल पुगेर प्रहरीले उद्धार गरेको थियो । उद्धार टोलीले उनलाई अस्पताल पुर्याए पनि बचाउन नसकिएको प्रहरी स्रोतले बताएको छ ।
जमिनमा अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर उनी तालमा खसेको अनुमान गरिएको छ ।