ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवासायी आङछिरिङ शेर्पाको आज अन्त्येष्टि गरिएको छ ।
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवासायी शेर्पासहित ७ जनाको निधन भएको थियो ।
यति एयरलाईन्सका प्रबन्ध निर्देशक रहनु भएका शेर्पाको बौद्ध परम्परा अनुसार काठमाडौँको टेकू दोभानमा अन्त्येष्टि गरिएको छ । हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने शुक्रबार नै अन्त्येष्टि भइसकेको छ ।
पर्यटन व्यवसायीको रूपमा अन्तराष्ट्रिय क्षेत्रमासमेत परिचित शेर्पाको अन्त्येष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु सहभागी भएका थिए ।