गुल्मिको मुसिकोट नगरपालिका वडा नं। ७, वामिटक्सार मा रहेको महेन्द्र आदर्श मावि को हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ चलिहरेको छ । सातौं दिन सम्म ४ करोड ७१ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ ।
५ करोड पुर्याउने लक्ष्य नजिक रहेको मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिनुभयो।
सातौं दिनको कार्यक्रममा सम्बोधन गर्दै नगरपालिकाका मेयर सोमनाथ सापकोटाले महायज्ञवाट उठेको रकम शिक्षाको भौतिक पूर्वाधारमा खर्च हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
मेयर सापकोटाले शिक्षा र स्वास्थ्यको जिम्मा पूर्णरुपमा राज्यले लिने भन्दै महेन्द्र आदर्श माविको लागि यो वर्ष ४ कोठे भवन र अर्को वर्ष ६ कोठे भवन निर्माण गर्ने घोषणा गर्नुभएको छ।
सापकोटाले मुसिकोट नगरभित्रका महेन्द्र आदर्श मावि र त्रिभुवन मावि भुवाचिदिलाई सुविधा सम्पन्न आवासिय विद्यालय वनाउने बताउनु भयो। ।
दुवै विद्यालयमा यातायातको लागि वसको व्यवस्था गर्ने, लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण जिम्मा आफूले लिन तयार रहेको भन्दै उहाँले शैक्षिक गुणस्रतमा लाग्न विद्यालय प्रशासन र शिक्षकहरुलाई आग्रह गर्नुभएको छ।
‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने विद्यालयले जनाएको छ