आज महाशिवरात्री पर्व, शिवको पूजा अर्चना गरि मनाइँदैछ । भगवान शिवको उत्पत्ति भएको स्मरणमा शिवरात्रि मनाइने गरिन्छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा श्रद्धालुहरुले भगवान शिवको विशेष पूजा अर्चना गर्ने गर्छन् ।
महाशिवरात्रीका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
गुल्मि जिल्ला लगायत छिमेकि जिल्लाहरु अर्घाखाचि,पाल्पा बाग्लुन,स्यान्जा लगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।