सरकार सबै खालको स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय रहेको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आज चाँगुनारायण नगरपालिका वडा नं। ८ जितपुर सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताउनु भएको छ । सरकारले प्रेस माथि पनि विभिन्न बहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उहाँले कांग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताउनुभयो ।