जिल्लाको २५ नं बाहिनी भगतपुरमा कार्यरत एक सैनिकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् । सैनिक जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । सैनिक जवानले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ओझाले प्रारम्भिक अनुसन्धान भइरहेको बताए । आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ’ उनले भने,। खड्काको शव परीक्षणका लागि अहिले महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।