नेपाल राहत तथा बाल शिक्षक केन्द्रिय समितिले अनिश्चित कालिन समुदायिक विद्यालयकाे शैक्षिक आम हड्ताल फिर्ता लिएको छ ।
विद्यार्थीहरुले पढ्न पाउने नैसर्गिक अधिकारलाई मध्यनजर गर्दै आम शैक्षिक हड्ताल फिर्ता गरिएको नेपाल राहत तथा बाल शिक्षक केन्द्रिय समिति द्धारा जारी गरिएको विज्ञप्तीमा जनाईएको छ । आम शैक्षिक हड्ताल बाहेकका आन्दोलनका अन्य कार्यक्रमहरु भने जारी रहने समितीले जनाएको छ ।