रुन्खा दह माध्यमिक बिधालय गुल्मीदरवार गाउँपालिका ४ विरबास गुल्मीले महायज्ञको तयारीलाई तिब्रता दिएको छ । रुन्खा दह माध्यमिक बिधालयमा प्राबिधिक शिक्षा सञ्चालन गर्न तथा बिधालयको सर्बाङ्गीण बिकासलाई सहयोग गर्न , यहि चैत्र २३ गते देखि बैशाख १ गते सम्म, श्रीमदभागवत धनधान्यन्चल बिराट ज्ञान महायज्ञ गर्न लागिएको हो । सँगितमय लिलामय श्रीमदभागवत कथा प्रवचन, बालयोगेश्वर महाराज ज्यू बाट हुने छ । महायज्ञको तयारी एवं व्यवस्थापनका बिषयमा छलफल गर्दै प्रारम्भिक व्यावस्थापनको लागि महायज्ञलाई, बालयोगेश्वर फाउण्डेसन वाट ५१ हजार ५१ रुपैया मुल आयोजक समितीका अध्यक्ष ठाकुर प्रसाद शर्मा बाट १ लाख ५५ हजार बिधालय व्यावस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद खनाल बाट १ लाख ५ हजार प्रधानाध्यापक देब बहादुर पाण्डे बाट ५५ हजार पुर्व शिक्षक थानेश्वर खनाल बाट १ लाख ४ हजार ५ सय पचास रुपैया रकम संकलन भएको छ ।