प्रदेश नम्वर ५ को सरकारले २०७६ साललाई लुम्विनी भ्रमण वर्ष मनाउने निणर्य गरेको छ । आज बसेको प्रदेश मन्त्रि परिषदको बैठकले ४ करोड १९ लाख ६० हजार रुपैया खर्च गर्ने गरी लुम्विनी भ्रमण वर्षका कार्यक्रम सञ्चालन गर्न कार्यबिधि स्विकृत गरेको छ । लुम्विनीमा आन्तरीक पर्यटन बढाउन प्रदेश सरकारले बजेट र कार्यक्रम सहित लुम्विनी भ्रमण बर्ष मनाउने निणर्य गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले जानकारी दिनुभयो । भ्रमण वर्षमा प्रचार प्रसार, सरसफाई, डकुमेण्टी निर्माण, साहित्यिक कार्यक्रम, स्थानीय टुर गाइड तालिम, पर्यटन तथा फुड फेष्टिवल लगायतका कार्यक्रम तय गरीएको छ ।
लुम्विनीमा आउने पर्यटकहरुले कम समय मात्रै नेपालमा विताउने गरेको तथ्यलाई ध्यानमा राखेर पर्यटकको वसाइ लम्वाउने खालका कार्यक्रममा जोड दिइने छ । लुम्विनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरुलाई जोडेर नै भ्रमण वर्षका कार्यक्रम अगाडी बढइने छ । भ्रमण वर्ष मनाउन मुख्यमन्त्री शंकर पोखरलको संयोजकत्वमा मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा कार्यकारी समिति बनाइने छ । आजकै मन्त्रि परिषद बैठकले मुख्यमन्त्रि ग्रामिण बिकास कार्यक्रमका लागि कपिलवस्तुको यशोधरा गाउपालिका थप गर्ने निणर्य गरेको छ । त्यस्तै प्रदेश अन्र्तगतका भूमिहिन किसानलाई करारखेतिमा बढीमा ३ लाख रुपैयासम्म अनुदान उपलब्ध गराउन कार्यबिधि समेत स्वीकृत गरेको छ ।