परराष्ट्र मन्त्रालयले गुल्मीको सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बृद्विको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रुरु गाउँपालिका बलेटक्सार गुल्मीमा प्रराष्ट्मन्त्री प्रदिप ज्ञवालीले, गुल्मीको शिक्षाको अवस्था जहाँ छ, त्यहि बाट यसको बृद्वि विकासको लागि एउटा पाइलट प्रोजेक्टको रुपमा, नितान्त स्वयं सेवाको दृष्टिबाट कार्यक्रम अगाडी बढाएको बताउनु भयो । साना साना सुधार बाट सामुदायिक बिधालयको शैक्षिक अवस्था सुर्धान सकिने बताउनु भयो । शिक्षाका छेत्रमा चेतनाको बृद्वि भएको, तर ८० प्रतिशत बिधार्थी पढ्ने सामुदायिक बिधालय, २० प्रतिशत बिधाथीै पढ्ने निजी बिधालयको तुलना कमजोर देखिनु अप्ठेरो बिषय भएको बताउनु भयो । शिक्षालाई निजीकरण गर्नु हुदैन थियो तर शिक्षामा निजी क्षेत्रले पु¥याएको योगदानको अवमूल्यन पनि गर्न नहुने मन्त्री ज्ञवालीले वताउनु भयो । अहिले राज्य सामुदायिक विधालयको शिक्षाको नेतृत्व गर्न अग्रसर भयको छ । यसमा ४ ओटा विषय छन जसमा निति निर्माण , मुख्य पाठ्यक्रम, आवश्यक जनशक्त्ति र महत्वुर्ण स्थानिय समुदाय हो, बिधालय व्यावस्थापन समिती शिक्षक अभिभावकम जागरण नभए सम्म यसले सार्थकता नपाउने बताउनु भयो । कार्यक्रमा रुरु गाउँपालिका अध्यक्ष मधुकृष्ण मन्थ, चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्री, गुल्मी दरवार गाउँपालिका अध्यक्ष अशोक थापा, रेसुङगा नगरपालिको मेयर डिल्लीराज भुषाल अपाध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृत, बिधालयका प्र.अ. समितीका पदाधिकारीहरुको उल्यख्य सहभागिता रहेको थियो । सहभागिहरुले पेन्सन पाकेका शिक्षकले आफै जानेर निवृति लिने आवश्यक बिषयगत दरबन्धि भौतिक पुर्वाधार सबैको उपयुक्त संयोजन बाट लक्ष्य प्राप्तीहुने बताउनु भएको थियो । अन्तरक्रियामा उपस्थित सरोकारवाल बिचबाट यस कार्यक्रमको निर्णयक सफलताको लागि, मधुकर पाण्डेको संयोजकत्वमा समिती गठन गरिएको छ, समितीमा चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्री, छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण मन्थ, जनजागृती मा.बि.का प्र.अ. कमला भण्डारी, शिद्दवावा मा.विका प्र.अ. डोर बिक्रम श्रीष रिडी मा.बिका प्र.अ. रोहित भण्डारी, भिम पाण्डेय, पुण्य प्रसाद गौतम चयन हुनुभएको छ । यस समितीले गुल्मीको सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बृद्विको लागि काम गर्ने छ ।